Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविसहित ४ जनालाई अदालत उपस्थित गराइयो, बयान छविको सकिएपछि मात्रै


    मंगलबार, पुष ९ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई आज (मंगलबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो । चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ ।

    छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ ।

    रविसहितको सहकारी ठगीका आरोपीको न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो । उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार