काठमाडौँ । नेपाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष युवराज विद्रोहीले चुनावमा सहभागी हुँदा आफ्नो पक्षमा मत प्राप्त गर्न उम्मेदवारहरूबीच जे जस्तो प्रतिस्पर्धा भए पनि निर्वाचित भएपछि सिंगो संगठनको साझा अभिभावक बन्न निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई सुझाव दिनुभएको छ ।
नेपाल पत्रकार महासंघको हालै सम्पन्न २७ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई नेपाल पत्रकार मञ्चले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष बिद्रोहीले निर्वाचित भएकाहरूलाई यस्तो सुझाव दिनुभएको हो ।
अध्यक्ष विद्रोहीले महासंघको निर्वाचनताका व्यवसायिक पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार मंचका उम्मेदवारहरू अरु कसैलाई हराउनलाई नभई आफू जित्नका लागि उम्मेदवार भई निर्वाचित भएको स्मरण गर्नुहुँदै निर्वाचित सबैले आफ्नो कार्यकालमा कसैलाई काखापाखा नगरी पत्रकारहरूको हकहितमा आवाज उठाउन सुझाव दिनुभयो ।
नेपाल पत्रकार मञ्चकी सचिव मनुका कुँवर एशोसिएटतर्फबाट सर्वाधिक मतका साथ नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा मञ्चका सदस्य रोयल आचार्य नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश अध्यक्ष निर्वाचित हुनुभएको थियो । यसैगरी एशोसिएट प्रदेशमा कोषाध्यक्ष राजेन्द्र प्रजापति तथा सदस्यहरुमा सन्तोष मिश्र, कमला नेपाल, सुवास पौडेल, धिरेन्द्र तिवारी, रौशन चौधरी, नवीनरसिंह नेपाली र सरोज बस्याल निर्वाचित हुनुभएको छ ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेपाल पत्रकार मञ्चले बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
यस्तै, कार्यक्रममा विश्व हिन्दू महासंघको हालै जनकपुरमा सम्पन्न महासम्मेलनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएकी मञ्चकी सदस्य अस्मिता भण्डारीलाई पनि कदर पत्र, दोसल्ला एवं फूलमालाका साथ सम्मान गरेको छ भने राष्ट्रिय फोटो पत्रकार समूहको महासचिवमा निर्वाचित मञ्चका सदस्य घनश्याम श्रेष्ठलाई पनि सम्मान गरेको छ ।
सोही कार्यक्रममा मञ्चका उपाध्यक्ष चन्द्रमणि भट्टराईले नेपाल पत्रकार मञ्चका तर्फबाट पत्रकार महासंघमा निर्वाचित प्रतिनिधिहरुलाई बधाई एवं शुभकामना दिँदै जिम्मेवारीसँगै चुनौती र अवसर समेत प्राप्त भएको बताउनुभयो । उहाँले पत्रकार मञ्च व्यवसायिक पत्रकारिताको क्षेत्रमा क्रियाशील पत्रकारहरुको साझा मञ्च भएको बताउनुभयो ।
कार्यक्रम संचालन मंचका महासचिव विमल थापाले गर्नुभएको थियो भने सम्मानका क्रममा बरिष्ठ पत्रकार मदन श्रेष्ठले खादा एवं वरिष्ठ पत्रकार योगेन्द्रप्रताप शाहीले माला लगाएर निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई शुभकामना दिनुभएको थियो ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend