Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्यो, कतिमा हँदैछ कारोबार ?


    सोमबार, पुष ८ २०८१
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो ।

    त्यसैगरी चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको छ । आइतबार तोलाको एक हजार ७ सय ९० थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार