Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्पत्ति शुद्धीकरणमा रवि लामिछानेकी पत्नी निकिताको सम्पत्ति जफत गर्न मुद्दा


    आइतबार, पुष ७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलको सम्पत्ति जफत गर्न माग गरिएको छ।

    आइतबार सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्दामा सम्पत्ति जफत प्रयोजनका लागि रवि लामिछानेसँगै उनकी श्रीमती पौडेललाई पनि प्रतिवादी बनाएको हो। जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार पौडेललाई पनि सम्पत्ति जफतका लागि मुद्दा दायर भएको हो।

    लीला पछाई, उनकी आमा राधा पछाई, दिदी गीता पछाई, पूर्वडिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको हो।

    रविको मात्रै २७ करोड भन्दा बढीको बिगो मागदाबी गरिएको छ। सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो।

    उनीसँगै पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम मागदाबी गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार