काठमाडौं – शनिबार बिहान गएको भूकम्पबाट बाजुरामा एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका– ५ गोत्री केन्द्रविन्दु भएर गएको भुकम्पबाट पूर्ण तथा आंशिक गरी एक सय २३ वटा घरमा क्षति पुगेको हो । शनिबार बिहान ५ बजे ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।
वडाध्यक्ष गौरी सार्कीले संयोजकत्वमा वडाको बैठक बसेर विवरण सङ्कलन गरिएको थियो । क्षति पुगेका घरको सङ्कलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको उनले बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पु¥याएको र तीमध्ये केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको सङ्ख्या एक सय २३ रहेको बताए ।
बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको उनको भनाइ छ । प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पु¥याउने काम शुरु भएको छ । देवलकोट माविको शौचालयसहित नौ कोठे भवन र दुधेसिल्ला प्राविको चार कोठे भवन पनि भूकम्पबाट जोखिममा परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend