Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • जीबीसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता


    शुक्रबार, पुष ५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका सूर्यदर्शन सहकारीका अध्यक्ष राईसहित १९ जनाविरुद्ध आज (शुक्रबार) मुद्दा दर्ता गरेको हो । बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो ।

    मुद्दामा सूर्यदर्शनका पदाधिकारीले वचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

    अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हर्बस्‌का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार