Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता गरिँदै


    शुक्रबार, पुष ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । सरकारी वकिलले लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दा आज अदालतमा दर्ता गर्ने तयारी गरेको हो ।

    सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अनुसन्धानको मिसिल अध्ययन गरिरहेको र आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् । सरकारी वकिल कार्यालयले मिसिल अध्ययन अध्ययन र अभियोगपत्र तयार पार्न ४ दिनको समय बाँकी राखिएको थियो । उक्त समय आज सकिँदैछ । कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ ।

    झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।

    प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो ।

    सहकारीको रकम हिनामिना गरेको आरोपमा सभापपति लामिछाने काक्तिक २ गतेदेखि कास्की पहरीको हिरासतमा छन् । उनीमाथी विभिन्न जिल्लाका विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ यस बिचमा लामिछानेले काठमाडौ, चितवन र पर्सामा वयान दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार