Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा कोइला बालेर सुत्दा निसास्सिएर आमा-छोराको मृत्यु, छोरी घाइते


    बिहिबार, पुष ४ २०८१
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा निसास्सिएर आमा(छोराको मृत्यु भएको छ।

    बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(४, भैरवस्थान समावेशी टोलकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । मृतक देविसराकी ९ वर्षीया छोरी रिया थापा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

    खड्काका अनुसार बेलुका खाना खाएर सुतेको र‌ बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। उनले भने, ‘हामी जाँदा तीन जना अचेत अवस्थामै फेला पार्यौं, सबैलाई उद्धार गरेर अस्पताल पठाएको हो ।’

    छोरी रिया घाइते अवस्थामा रहेकाले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार