Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा


    बिहिबार, पुष ४ २०८१
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा (माओवादी केन्द्र) कोशीले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ।

    माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बिहीबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक लेखा समिति सभापति पोखरेलले पदबाट राजीनामा गर्नुपर्ने माग गरेका हुन्।

    पोखरेल पत्नी अन्जला कोइराला मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी छन्। उनलाई पक्राउ गर्न अदालतले पुर्जीसमेत जारी गरिसकेको छ।

    विगतमा यो मामिलामा सभापति पोखरेलले एकै पैसा पनि हिनामिना नभएको भन्ने दाबी गरेको तर अहिले अदालतले पक्राउ पुर्जी जारी गरेकाले नैतिकताका आधारमा पोखरेलले राजीनामा गर्नुपर्ने माओवादी भनाइ छ।

    साथै उनले तत्काल प्रदेश सभा अधिवेशन बोलाउन माग गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार