Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एनपीएलको दोस्रो क्वालिफायर : कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य


    बिहिबार, पुष ४ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो ।

    कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रनको योगदान दिए । त्यस्तै दिप खनालले २४, जेशन मक्सुटले १२, विलियम बसिस्टोले १२, चाल्डिक वाल्टन ११ र युनिस ठकुरीले १२ रन बनाए भने अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीका कप्तान सोमपाल कामी ५ रनमा आउट हुँदा नन्द यादव ४ रन र अर्जुन घर्ती २ रनमा अविजित रहे ।

    जनकपुरका लागि जेम्स नेशम, मोहम्मद मोशिम र ललित राजवंशीले समान २र२ विकेट लिए । त्यस्तै हरिश ठकर र शेर मल्लको नाममा १र१ विकेट रह्यो । अहिले जनकपुरले ब्याटिङ गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार