Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको डोटी सभापतिमा बलायर चयन


    बिहिबार, पुष ४ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • डोटी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को डोटी जिल्ला सभापतिमा केशव बलायर चयन भएका छन् । बुधवार सम्पन्न पार्टीको प्रथम जिल्ला भेलाले बलायरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । बलायर यसअघि जिल्लाका संयोजक थिए ।

    रास्वपा संस्थापक केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीको प्रमुख आतिथ्यमा दिपायलमा भएको भेलाले उपसभापतिमा धन बहादुर बोहरा, सचिवमा केशव परियार र सहसचिवमा जानकी कुँवर (खड्का)सर्वसम्मत चयन भएका छन् ।

    यस्तै, सदस्यहरुमा शारदा श्रेष्ठ, कविराम खत्री, टेक बोगटी, सन्तोष भण्डारी, तेज किमाडी, मोहना साउँद र कैलाश साउद रहेका सभापति बलायरले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार