Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • रवि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्वीर बाहिरियो


    बिहिबार, पुष ४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रहरी हिरासतमा सुतिरहेको एउटा तस्वीर बाहिरिएको छ । सीसीटीभीबाट लिइएको उक्त तस्वीर बुधबार राति सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

    सार्वजनिक भएको तस्वीरमा लामिछाने सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ । उक्त सार्वजनिक भएको तस्विर रविकै रहेको रास्वपाकी केन्द्रिय सदस्य ज्वाला संग्रौलालले पुष्छि गरेकी छन् ।

    प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि लामिछाने नेत्तृत्वको दल रास्वपाका नेता तथा समर्थकले आक्रोश व्यक्त गरेका छन् । नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै जानाजान प्रहरीले नै तस्वीर सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका छन् । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका छन् ।

    ‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला रु अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो रु कति हो यो फोटोको मूल्य रु न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ बोहराले फेसबूकमा लेखेका छन् ।

    सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।उनलाई जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार