Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का


    बिहिबार, पुष ४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार बिहीबार बिहान ७ बजे ३७ मिनेट जाँदा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको हो।

    यसअघि गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प गएको थियो। बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड र मंगलबार साँझ ५ बजेर ८ मिनेटमा बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार