म्याग्दी – धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किबी फलेको देखेर जति खुसी छन् त्योभन्दा बढी दुःखी किबीले बजार नपाएर बनेका छन् ।
‘सत्तरी बोटमा करिब तीन हजार किलोग्राम किवी फलेको ‘, उनले भने ‘मङ्सिर महिनाभर करिब पाँच सय किलोग्राम मात्र किबी बिक्री भयो । पुस महिनामा नटिप्ने हो भने झरेर नष्ट हुन्छ । बजार नपाएर तनावमा परेको छु’, गत वर्षको तुलनामा दोब्बर बढी किबी फले पनि बिक्री गर्न समस्या भएको मगरले बताए ।
बजार अभाव र मूल्य नपाउने मगरको मात्र नभएर किबीखेती गरेका म्याग्दीका कृषकको साझा समस्या हो । धौलागिरिको शिवाङ, मराङ, मालिकाको दिच्याम, देवीस्थान, रुम, मङ्गलाको कुहँ, बरङ्जा, किमचौर, हिदी, बेनी नगरपालिकाको भकिम्ली, घतान, रघुङ्गाको दरमिजा, पाखापानी, चिमखोला, बेगखोला, अन्नपूर्णको नागी, राम्चे, हिस्तानमा ५० भन्दा बढी किबी बगैँचा रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सानो बजार र उत्पादन धेरै भएपछि किबी बिक्री गर्न समस्या भएको बेनी नगरपालिका–३ भकिम्लीका कृषक लालबहादुर पुनले बताए । ‘यहाँका उपभोक्ताहरूको किबीमा अझै बानी परिसकेको छैन’, उनले भने, ‘पोखरा, काठमाडौँ लैजाँदा अन्य ठाउँको किबीसँग प्रतिस्पर्धा गरेर मूल्य पाइँदैन ।’
करिब दुई हजार किलोग्राम किबी फलाएका पुनले बागलुङका फलफूल व्यापारीलाई प्रतिकिलोग्राम रु एक सय ८० का दरले एक हजार पाँच सय किलोग्राम बिक्री गरिसकेको बताए। भकिम्लीका अन्य कृषकले भने बजार नपाउँदा किबी टिपेका छैनन् । मङसिर र पुस महिना किबी टिप्ने याम हो । पुससम्म नटिपे किबी बोटमै पाकेर झर्ने, चराचुरुङ्गीको आहरामा सीमित हुने चिन्ता कृषकको छ ।
कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि बाझिएको खेतबारीमा कृषकले किबीखेती गरेका थिए । कृषि ज्ञान केन्द्रको अभिलेखअनुसार म्याग्दीको ११ हेक्टर क्षेत्रफलमा भएको किबीखेतीबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ४४ मेट्रिक टन उत्पादन भएको थियो ।
केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको समस्या नदेखिएको र फूल खेल्ने समयमा असिना नपरेकाले किबी उत्पादन बढेको बताए। धेरै दाना लागेका कारण आकार सानो हुँदा बजार नपाउने समस्या देखिएको बास्तोलाले बताए ।
‘असी ग्रामसम्म तौल भएको किबीलाई गुणस्तरीय मानिन्छ । उपभोक्ताले किबीको ठूूला दाना खोज्छन्’, उनले भने, ‘बोटमा धेरै दाना लागेकाले आकार सानो हुँदा कृषकलाई बिक्री गर्न समस्या भएको हो ।’ किबीको दानाको आकार ठूलो बनाउन बटिलामै पतलाउने, बगैँचा व्यवस्थापन, मल र पानी पर्याप्त दिन कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले सुझाव दिए । उद्योग वाणिज्य संघ र फलफूल व्यापारीसँग समन्वय गरेर किबीको बजारीकरणमा पहल गरेको उनले बताए ।
बत्तीस वर्षअघि जापानबाट आएका स्वयंसेवकले धौलागिरि क्षेत्रमै पहिलो पटक म्याग्दीको राम्चेमा किबी भित्र्याएका थिए । व्यावसायिक खेती भएको पछिल्लो एक दशकयता हो । म्याग्दीको मध्य पहाडी क्षेत्रको भूगोल र हावापानी किबी खेतीका लागि अनुकूल मानिन्छ ।
स्वादिलो र धेरै पौष्टिकतत्व पाइनु किबीको विशेषता हो । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किबीखेती गर्न सकिन्छ ।
भिटामिन सि लगायत पौष्टिकतत्व पाइने किबी चिनी रोगका बिरामीहरूका लागि लाभदायक मानिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ । अमिलो र गुलियो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रूपमा चिन्ने गरिएको छ ।
किबी चिनमा विकास भएको फलफूल हो । न्युजील्याडले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किबीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा रु एक सय छ । निजी नर्सरीबाट रु तीन सयसम्ममा बिक्री हुन्छ ।
कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले म्याग्दीका कृषकलाई किबीखेतीसम्बन्धी तालिम र बिरुवा वितरण गर्दै आएका छन् । अन्य फलफूलभन्दा छिटो र खाद्यबालीको तुलनामा खेती गर्न सजिलो किबीबाट एकै रोपनीमा रु चार लाखसम्म आम्दानी गर्न सकिने कृषकको अनुभव छ । सजिलो र कलामी बिरुवा रोपेको दुई वर्षमै आम्दानी लिन सकिने बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाले बताए ।
प्रतिआठ पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किबी एक रोपनीमा १५ वटा सम्म किबीका बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किबी खेतिको मुख्य चुनौती हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend