Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपाको केन्द्रीय समिति विस्तार, आठ जना मनोनीत


    बुधबार, पुष ३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति विस्तार गरेका हुन् ।

    अब लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय भएको सो पार्टीका महासचिव मनिष मिश्रले बताए । मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन् ।

    लोसपा नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । वैशाख २६ गते हुने भनिएको पार्टीका पहिलो महाधिवेशनका लागि नेता तथा कार्यकर्तामा त्यसमा जुटेका छन् । सङ्गठन विस्तारका साथै सदस्यता वितरणको अभियानलाई तीव्रता दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार