काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुन छुट नभएको बताएका छन ।
मंगलबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य समेत रहेका लामो समय राजनीति गरेका राजनीतिक दलको गठबन्धन सरकार बनेकोले यसलाई जोगाएर देशलाई निकास दिनु पर्ने बास्कोटाको जोड छ । ‘नेपालको राजनीतिक संस्थागत राजनीति समीकरण हो, यो फेल भयो भने धेरै कुरा फेल हुन्छ’, उनले भने ।
राणा र राजा विरुद्ध लडेका शक्तिले पनि देश बनाउन सकेनन् र मुलुकलाई आशावादी बनाउन सकेनन् र त्यस प्रति पनि मुलुक निराशामा गयो भने अर्को विकल्प नहुने उनको भनाइ छ । ‘दिनदिनै सत्ता परिवर्तन गर्ने कुरा होइन’, उनले भने ।
प्रेस स्वतन्त्रताको नाममा छाडातन्त्र स्वीकार्य नभएको बताउँदै उनले प्रेस स्वतन्त्रता भित्र पनि स्वनियन्त्रण आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाली प्रेस पूर्ण स्वतन्त्र छ तर जिम्मेवार, जबाफदेही र दायित्वसहितको हुनु पर्छ’, बाँस्कोटाले भने ।
बाँस्कोटाले स्वतन्त्र व्यक्ति मात्र हुन सक्ने बताउँदै स्वतन्त्र भन्ने पार्टीको नाम नै गलत भएको भन्दै नाम प्रति आपत्ति जनाए । पत्रकारितामा हारजित नहुने बताउँदै बास्कोटाले सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । एकले अर्का प्रति कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्न उनको सुझाव छ ।
समाजलाई सुसूचित गर्न, राजनीतिलाई सही मार्गमा हिँडाउन, विधि र कानुनको शासन पालना गराउन पूर्ण प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेस विभाजित हुन नहुने उनको भनाइ छ । महासंघको १२ औँ जिल्ला अधिवेशनबाट विनोदकुमार न्यौपाने अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend