Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीद्वारा २४ सदस्यीय सचिवालय र संविधान संशोधन कार्यदल गठन


    मंगलबार, पुष २ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो ।

    जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता खतिवडाले जानकारी दिए । उनका अनुसार, सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना हुनेछन् ।

    एकीकृत समाजवादीले पहिलोपटक सचिवालय गठन गरेको हो । त्यसैगररी संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न कार्यदल पनि गठन गरेको छ ।

    स्थायी कमिटी बैठकले प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार