Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै


    मंगलबार, पुष २ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – संघिय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसमा बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।

    यस्तै, साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ ।

    यस्तैगरी ११ बजे बस्ने अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार