Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसीसी यु–१९ महिला एसिया कप, नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने


    मंगलबार, पुष २ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

    एसीसी यु–१९ महिला एसिया कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    टेस्ट मान्यता प्राप्त पाकिस्तानलाइ हराएर नेपालले सुपर ४ मा स्थान बनाएको भोलिपल्ट भारतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

    समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु १९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको थियो ।

    अब आज नेपालले समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ ।

    सुपर ४ को खेल बिहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार