Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रविसहित ५१ जना प्रतिवादी बनाउन प्रहरीको राय, ३७ जना अझै फरार


    सोमबार, पुष १ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ । कास्की प्रहरीले आज (सोमबार) जिल्ला सरकारी वकि कार्यालयमा उक्त प्रतिवेदन बुझाएको हो ।

    जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको डीएसपी शर्माले बताए । ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार