Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेन र सुनिताले दिए काठमाडौंका पूर्वप्रमुख सिंहलाई श्रद्धाञ्जली


    सोमबार, पुष १ २०८१
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डङ्गोलले कामपाका पूर्वप्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । आज चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्वप्रमुखको पार्थिव शरीरलाई बिदाइ र शोकसन्तप्त परिजनमा समवेदना प्रकट गरेका हुन् ।

    उनीहरूसँगै कामपाका प्रवक्ता नवीन मानन्धर, विषयगत समितिका संयोजक, कार्यपालिका सदस्य, नगरसभा सदस्य र कर्मचारीहरूले सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

    पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए । पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

    विसं १९९६ चैत ११ गते जन्मनुभएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । उनकै कार्यकाल २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

    कामपाले स्व सिंहको निधनप्रति सम्मान प्रकट गर्दै आज केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यकबाहेक सेवा बन्द गरी शोक बिदा दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार