Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले आज केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने


    सोमबार, पुष १ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज टुंग्याउने भएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्दै बैठक टुंग्याउने भएका हुन् ।

    केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट जारी बैठकमा आइतबारसम्म स्थायी कमिटी सबै सदस्यहरूले बोलिसकेका छन् । अब पार्टी अध्यक्ष र महासचिवले आफ्नो धारणा राख्ने उनले बताए । नेताहरूको विचारप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम आज हुनेछ ।

    यस्तै, कणर्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुंग्यउने उनको भनाइ छ । बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयमा पनि निर्णय लिने पार्टीले जानकारी दिएको छ ।

    बैठकमा पार्टीका सम्मानीत नेता झलनाथ खनालको भने उपस्थिति देखिएको छैन । चीन भ्रमणबाट मंसिर २२ गते काठमाडौं फर्किएका उनी फर्किएदेखि नै बाहिर निस्किएका छैनन् ।

    पार्टीका विदेश विभाग सचिव डा।शंकर खतिवडाका अनुसार नियमित स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार खनाल घरमै आराम गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार