Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वमेयर सिंहको निधनमा काठमाडौँ महानगरले दियो शोक बिदा


    सोमबार, पुष १ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।

    महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो । काठमाडौँको पहिलो मेयर सिंहको ८८ वर्षको उमेरमा काठमाडौँको ठमेल चाक्सीबारीमा सोमबार निधन भएको थियो ।

    २०४९ सालमा नेपाली काँग्रेसबाट काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए।

    सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्यक बाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार