Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार महासंघको निर्वाचन परिणामः युनियन–चौतारी गठबन्धनलाई सेन्टरको धक्का


    सोमबार, पुष १ २०८१
    1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । पत्रकार महासंघको २०८१ मंसिर २८ गते भएको निर्वाचनमा दुई ठूला सत्तारुढ दलनिकट प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनका बाबजुद प्रेस सेन्टरले पदाधिकारीमा महत्वपूर्ण मानिने कोषाध्यक्ष पद जितेको छ ।

    चौतारी र युनियनको गठबन्धनले निकै सकसका कोषाध्यक्षबाहेकका पदाधिकारीमा जितेका छन् । युनियनबाट केन्द्रीय समितिमा आठ पदाधिकारीसहित २४ जना बिजयी भएका छन् भने लेखा समितिमा २ सदस्य निर्वाचित भएका छन् । युनियनका महासचिव दिलीप पौडेलका अनुसार युनियनले ३५ जिल्ला र ४ प्रदेश जितेको छ ।

    चौतारीले अध्यक्ष निर्मला शर्मा, महिला उपाध्यक्ष नितु पण्डितसहित ३ पदाधिकारी जितेको छ । केन्द्रीय समितिमा पनि चौतारीको संख्या उल्लेख्य आउन सकेन । गठबन्धन गर्दा पनि चौतारीले पाएका उपत्यका प्रदेश र काठमाडौं जिल्लामा जित निकाल्न सकेन ।

    युनियन–चौतारीको गठबन्धनले माओवादीनिकट प्रेस सेन्टरलाई महासंघमा सून्य बनाउने गरी निर्वाचनमा गएको थियो । सत्ताको सिन्डीकेटले सून्य बनाउन खोजे पनि कोषाध्यक्षसहित सेन्टरले कोषाध्यक्षसहित ६ केन्द्रीय सदस्य जितेको छ ।

    ठूला दल निकट दुबै संगठनले ठूलो मतान्तरमा महासंघमा जित्ने दाबी गर्दैआए पनि प्रेस सेन्टरको समर्थनमा उम्मेदवारी दिएका अध्यक्षका उम्मेदवार रमेश बिष्टको उल्लेख्य मत आएको छ ।

    बिष्टको समूहबाट रामकृष्ण अधिकारीले कोषाध्यक्षमा जितेपछि सत्ताधारी दलनिकट संगठनमा खैलाबैला मच्चिएको छ । काठमाडौं, ललितपुर, पर्सासहितका बढी सदस्य भएका १६ जिल्लाको नेतृत्व सेन्टरले जितेको बताएको छ । उपत्यका, बागमती र एशोसिएट प्रदेशमा समेत सेन्टरले जित निकालेको छ ।

    नुवाकोट र दैलेखमा सेन्टरका उम्मेदवार र युनियन–चौतारीका अध्यक्षका उम्मेदवारको बराबरी मत आएको छ । सेन्टरलाई महासंघमा छिर्नै नदिनेगरी गठबन्धन गरेका युनियन र चौतारीका नेताहरु महत्वपूर्ण जिल्ला र ३ प्रदेश गुमाएपछि अहिले एकअर्कालाई मत नदिएको आरोप लगाउनै ब्यस्त छन् ।

    युनियन र चौतारीले बिष्ट समूहलाई सहयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिंदा र सरकारी संचारमाध्यममा त ह्वीप नै जारी गर्दा पनि निर्मला शर्मालाई कडा चुनौती सेन्टरले दिएको छ । सत्ताको भरपूर उपयोग गर्दा पनि सेन्टर केन्द्र र जिल्ला तथा प्रदेशमा जित निकाल्न सफल भएको छ । महासंघको महासचिवका रुपमा रोशन पुरीले सेन्टरलाई सशक्त संगठनका रुपमा स्थापित गराएको देखिएको छ । महासंघमा तेस्रो शक्तिका रुपमा रहेको सेन्टर यो निर्वाचनमा युनियन र चौतारीकै बराबर हैसियतमा पुगेको परिणामले देखाएको छ ।

    २६ औं महाधिवेशनमा युनियन र सेन्टरको गठबन्धन हुँदा चौतारीले मधेश प्रदेशबाट एकमात्र केन्द्रीय सदस्य जितेको थियो भने प्रदेशमा नेतृत्वबिहीन थियो । ५–७ जिल्लाबाहेक सबैमा सून्य भएको थियो चौतारी । यो पटक प्रेस सेन्टरले ६ केन्द्रीय सदस्यसमेत जितेर हस्तक्षेपकारी भूमिकामा पुगेको छ । सेन्टरलाई सून्य बनाउनका लागि गरिएको युनियन–चौतारी गठबन्धन असफल भएको परिणामले देखाएको छ ।

    बरिष्ठ उपाध्यक्षमा रोशन पुरी पत्रकारहरुबीच लोकप्रिय र श्रमजीवीको मुद्दामा प्रष्ट भए पनि गोविन्दप्रसाद चौलागाईले उम्मेदवारी दिएकाले उनी पराजीत हुन पुगेका छन् । चौलागाईले मंसिर २६ मा पुरीको समर्थनमा उम्मेदवारी फिर्ता लिएको विज्ञप्ति निकाले पनि मतदान हुने दिन भने आफैंलाई मत मागेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार