Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो


    मंगलबार, पुष ७ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वभर कोरोना भाइरस(काेभिड-१९) काे संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ काेराेना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।

    यस्तै मंगलबार विहानसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८५ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९४९ पुगेको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३४ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ७७ लाख नाघेको छ ।

    हाल विश्वमा २ करोड १४ लाख १५ हजार ५७९ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २७९ जना गम्भीर बिरामी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार