Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पत्रकार महासङ्घ काठमाडौंको अध्यक्षमा शोभा अर्याल निर्वाचित


    आइतबार, मंसिर ३० २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा आइतबार सार्वजनिक गरिएको मत परिणामअनुसार अर्यालले ४१५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पुस्कर बस्नेतले २२२ र रामचन्द्र बस्नेतले ४२ मत प्राप्त गरे ।

    खुला उपाध्यक्ष पदमा हेमबहादुर राना निर्वाचित भएका छन् । २६६ मत प्राप्त गरे । समावेशी उपाध्यक्षमा कान्ति न्यौपाने ४१३ मतसहित निर्वाचित भएका छन् ।

    खुल्ला सचिवमा रमेशकुमार बोहरा ३४३ मतसहित निर्वाचित भएका छन् भने खुल्ला सहचिवमा विक्रम रत्न २८२ मतसहित निर्वाचित भएका छन् । समावेशी सहसचिवमा इश्वरी अधिकारी ३८३ मतसहित निर्वाचित भएका छन् ।

    कोषाध्यक्षमा रामचन्द्र कार्की ३०१ मतसहित निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार