Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविमाथि कानुन बमोजिम अनुसन्धान भएको हो, प्रतिशोधपूर्ण व्यवहार गरेको छैन : गृहमन्त्री लेखक


    आइतबार, मंसिर ३० २०८१
    980
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका छन् ।

    लामिछानेलाई सहकारीको रकम अपचलनको आरोपमा कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप लगाउँदै आएको छ ।

    आइतबार चितवनमा पत्रकारको जवाफमा लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको मन्त्री लेखकले दाबी गरे । ‘अनुसन्धान कानुनभन्दा बाहिर गए भइराखेको छैन । अदालतबाट प्रहरीले म्याद मागेको छ । अदालतले कानुन बमोजिम म्याद दिएको छ,’ गृहमन्त्री लेखकले भने ।

    कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने लेखकले जिकिर गरे । चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको दाबी गरे ।

    सरकार प्रत्येक व्यक्तिको मानव अधिकारप्रति प्रतिबद्ध रहेको दाबी गर्दै लेखकले भने, ‘प्रत्येक नागरिकको मानवधिकारप्रति सरकार सचेत छ । चाहे थुनवामा रहेको मानिस होस् । चाहे कारागार, हिरासतमा रहेको होस् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार