काठमाडौं – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुशासित ढंगले एकतावद्ध भएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
केन्द्रीय संगठन विभागले आइतबार आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचार र नीति लिएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।
पार्टीमा खराब प्रवृत्ति मौलाउँदै गएको बताउँदै उनले पार्टीमा जसरी विकास गर्नुपर्थ्यो त्यसरी विकास गर्न नसकेको बताए । ‘अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर, सही बाटो के हो रु पहिल्याउन नसक्ने’ उनले भने, ‘असहमति राखेर आफूलाई कुछ हौं भन्ने पृथक देखाउन खोज्ने । यो प्रवृत्ति पार्टी र व्यक्तिगत हिसाबले ठिक होइन ।’
प्रतिक्रियावादी शक्तिले त विभाजन गर, अन्तरविरोध पैदा गरेर राज गर भन्ने नीति नै भएको भन्दै उनले भने, ‘अहिलेसम्म विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न सकेका छैनन् ।’
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend