Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको नीति: पत्रकार महासंघमा माओवादीसँग भिड्ने, नर्सिङ संघमा मिलेर जित्ने ?


    शनिबार, मंसिर २९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पत्रकार महासंघको निर्वाचनमा माओवादीबिरुद्ध नेपाली कांग्रेसनिकट प्रेस युनियनसँग गठबन्धन गरेर एमालेनिकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माको समूह जितको नजिक छ ।

    लगभग १ हजार मतले प्रेस सेन्टर समर्थित युनियनबाट बिद्रोह गरेका रमेश बिष्टलाई पछि पार्दै शर्माको समूह पदाधिकारीमा बिजयको नजिक छ । यद्यपि माओवादीनिकट प्रेस सेन्टरले बागमती प्रदेश, उपत्यका प्रदेश र एशोसिएट प्रदेश जितेको छ । कठमाडौं, ललितपुर १४ वटा जिल्लामा प्रेस सेन्टरले जितिसकेको छ । ४ जना केन्द्रीय सदस्य पनि सेन्टरले जितिसकेको छ ।

    पत्रकार महासंघमा कांग्रेसनिकट युनियनसँग गठबन्धन गरेको एमालेले अर्को संगठनको निर्वाचनमा भने माओवादीसँग गठबन्धन गरी जित हासिल गरेको छ । नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा शर्मा नेतृत्वको एमाले र माओवादीको प्रगतिशील प्यानलै बिजयी भएको छ ।

    नेकपा (एकीकृत समाजवादी)निकट गंगा थापा नेतृत्वको समूहलाई शर्माले पराजीत गरेकी हुन् । नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरू संयुक्त पेसागत प्यानल बनाएर थापाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका थिए ।

    अध्यक्ष पदमा शर्माले २ हजार १ सय ५० मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी थापाले १ हजार ३ सय ७० मत मात्रै प्राप्त गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार