Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयल निगमको जग्गा खरिदमा १ अर्ब ६ करोड भ्रष्टाचार गर्ने राईलाई ओलीले बनाए अख्तियार प्रमुख


    मंगलबार, पुष ७ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद गर्दा गर्दा १ अर्ब ६ करोड भ्रष्टाचार भएको संसदको लेखा समितिले छानबिन गरी रिपोर्ट पेश गरेको थियो । लेखासमितिले आयल निगमको जग्गा खरिदमा संलग्न तत्कालीन संचालक समितिका अध्यक्ष प्रेमकुमार राई र कार्यकारी निर्देशक गोपालबहादुर खडकासहितलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो । तर लेखासमितिको सिफारिस अनुसार जग्गा खरिदमा संलग्न राई र जग्गा बिक्री गर्ने दीपक मल्होत्राहरुलाई उन्मुक्ति दिएर गोपाल खड्कालाई मात्र त्यो पनि अकूत सम्पत्तिमा अख्तियारले मुद्दा दायर गरेको थियो । राईको उजुरी तामेलीमा राखी उनलाई अहिले प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख आयुक्त बनाएका छन् । आजको नयाँपत्रिका दैनिकले निगमको जग्गा खरिदमा १ अर्ब ६ करोड रुपैयाँ भ्रष्टाचारमा संलग्न राईलाई उनीबिरुद्ध परेको उजुरी तामेलीमा राख्न लगाई ओलीले अख्तियार प्रमुख बनाएको बिषयमा बिस्तृत समाचार लेखेको छ ।

    कुन कुन ठाउँमा जग्गा खरिद गर्दा कति घोटाला भयो ?

    निगमले झापाको मेचीनगर नगरपालिका– १३ दुवागढीमा मानवबस्ती विकास भइरहेको ठाउँमा पेट्रोलियम भण्डारण बनाउने भन्दै जग्गा खरिद गरेको छ । साबिक दुवागढी गाविसमा पर्ने जग्गा निगमले प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँको दरमा जग्गा किनेको हो । तर, स्थानीयलाई भने चुपचाप बस्न भन्दै चारदेखि सात लाख रुपैयाँ प्रतिकट्ठा थमाइएको थियो । अनुगमनमा गएको संसदीय छानबिन समितिसँग स्थानीयले भनेका थिए, ‘दुवागढीमा १९ बिघा जग्गा खरिद थर्दा झन्डै ३० करोड रुपैयाँ घोटाला भएको छ ।’
    सर्लाहीको नेत्रगन्जमा बढीमा प्रतिकट्ठा दुई लाख ७५ हजारमा किनबेच भइरहेको जग्गा आयल निगमले नौ लाख ६० हजारका दरले खरिद गरेको तथ्य संसदीय छानबिन समितिले संकलन गरेको थियो । नेत्रगन्जमा बागवानी केन्द्रभन्दा उत्तरतर्फ १५ बिघा ६ कट्ठा १४ धुर जमिन खरिद गरिएको छ । नेत्रगन्जमा १५ बिघा जग्गा खरिद गर्दा २० करोड ५५ लाख भ्रष्टाचार भएको थियो । 

    चितवन र मकवानपुरको सिमाना लोथर खोलाछेउमा रहेको जग्गामा ०२७, ०५० र ०५९ मा बाढी पसेर बगर बनाएको थियो । सरकारले सामान्य ड्याम बनाउँदै आएको भए पनि वर्षात्मा उर्लिने लोथरले भत्काएर यो ठाउँमा खोला पस्दै आएको छ । यही ठाउँमा पेट्रोलियम भण्डारण बनाउने भनेर निगमले २३ बिघा जग्गा किनेको छ । 
    स्थानीय किसानले सो जग्गा प्रतिकट्ठा आठ लाखका दरले बेचेका थिए, तर बिचौलियासँग मिलेर निमगले १६ लाख रुपैयाँ भुक्तान गरेको छ । यसरी लोथरमा मात्रै बिचौलियामार्फत १३ करोड १० लाख भ्रष्टाचार भएको छ ।

    रुपन्देहीको रोहिणी नदीले बगरमा परिणत गराएको जग्गामा स्थानीय किसानले खेती गर्न पनि छाडेका थिए । बाढी आइरहने यो जग्गालाई निगमले प्रतिकट्ठा १० लाख ५३ हजारका दरले किनेको छ । जब कि जग्गाधनी किसानले प्रतिकट्ठा तीन लाख मात्र पाएका थिए । १४ बिघा जग्गा खरिदमा २२ करोड ५५ लाख रुपैयाँ भ्रष्टाचार भएको थियो । यसरी किसान र सरकारको बीचमा बिचौलिया प्रवेश गराएर झापा, सर्लाही, चितवन र भैरहवामा कुल एक अर्ब ६ करोड घोटाला गरिएको थियो । योमध्ये अधिकांश जग्गा भण्डारण बनाउन उपयुक्त नहुने संसदीय छानबिन समितिको निष्कर्ष छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार