काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले इन्डियन मिलिटरी एकेडमीको कवाज कार्यक्रममा प्रमुख अतिथि बनेका छन् ।
गत मंसीर २६ गते देखी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथिको रूपमा कवाज प्रदर्शन अवलोकन गरेका हुन ।
‘प्रधान सेनापति महारथी अशोक राज सिग्देल देहरादुनस्थित इन्डियन मिलिटरी एकडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भई अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गर्नुभयो’ नेपाली सेनाले जनाएको छ ।
यसअघि प्रधान सेनापति सिग्देललाइ भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित बिशेष समारोहमा मानार्थ प्रधान सेनापति प्रदान गरेकी थिइन् ।
प्रधान सेनापति सिग्देल भोली स्वदेश फर्किदैँ छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend