Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु


    शुक्रबार, मंसिर २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । दुई दिनसम्म चल्ने सो बैठक केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेर अघि सुरु भएको हो ।

    पार्टी अध्यक्ष उपेन्द्र यादवको मंसिर २८ र २९ गतेका लागि बैठक बोलाइएको थियो । बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टी नेतृत्वको भूमिकाबारे छलफल हुने प्रचार विभागले जनाएको छ । त्यस्तै, ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा पनि बैठकमा हुने बताइएको छ ।

    यसका साथै पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार