काठमाडौं । कश्मिरा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १३ औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा कोभिड महामारीका बीचमा सेयरधनीको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, पशुपति बिकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायतको उपस्थिति थियो ।
बागबजारस्थित होटल हार्दिकमा सम्पन्न कस्मिरा बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारणसभाले रमेश पाण्डेलाई पुनः संचालक समितिको अध्यक्षमा निर्वाचित गरेको छ । संचालक समितिको उपाध्यक्षमा बालकुमार खत्री, सचिव जयराम तिमल्सिना र कोषाध्यक्षमा प्रकाश फुयाँललाई चयन गरेको छ ।
सहकारीका संचालक समिति सदस्यहरुमा शर्मिला जोशी, सरोज भण्डारी, सुदर्शन अर्याललाई चयन गरेको छ । लेखापरीक्षण कमिटीको संयोजकमा डिल्लीराज धिताललाई चयन गरेको छ ।