Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी जोशी अस्पताल भर्ना


    शुक्रबार, मंसिर २८ २०८१
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

    जोशीलाई बिहीबार साँझ अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

    उनलाई बिहीबार स्वास्थ जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि भर्ना गरिएको बताइएको छ । जोशी ६ असोजदेखि प्रहरी हिरासतमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार