Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४४ लाख बढी ठगी गरेकाे आरोपमा पक्राउ


    मंगलबार, पुष ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका-७ हर्शहाका २८ वर्षीय अनिल कुमार पटेल रहेका प्रहरीले जनाएकाे छ। उनले ४४ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ ।

    ओम्नी अटोमोबाईल प्रालि चन्द्रनिगाहपुरको सोरुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम २०७५ साउन १ देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भन्नि बुझेको र कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई ठगी गरेको भन्ने उजुरी अनुसार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका पटेललाई थप अनुसन्धानको लागि अदालतबाट ७ दिनको म्याद थपि नियन्त्रणमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार