Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन विश्वविद्यालयमा हस्तक्षेप गरेको छैन- प्रधानमन्त्री ओली


    बिहिबार, मंसिर २७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन्। उनले त्रिभुवन विश्वविद्यालयको साधारण सभालाई सम्बोधन गर्दै मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न निर्देशन दिएको बताएका हुन् ।

    उनले भने, ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन। अलिकतै शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ। हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, कुलपतिलाई मन नलागेको निर्णयमा पनि यसो गरौँ भनेपछि मैले साथीहरू भन्नुभयो भन्नै पर्छ। उपकुलपतिलाई पनि यसो गर्न पाए हुन्थ्यो भन्ने लागेको होला। पाए हुन्थ्यो भन्ने गर्न पाउनु विश्वविद्यालयको स्वायत्तता होइन।’

    उनले आफ्नो कुनै हस्तक्षेप नभएको भन्दै निष्पक्ष ढंगले काम गर्नुपर्ने बताए। मेरिटोक्रेसी नामको मात्रै नहोस् भन्नेमा पनि सचेत गराए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार