Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट निवेदन दर्ता


    मंगलबार, पुष ७ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट निवेदन दर्ता भएका छन् ।

    आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा रिट निवेदन दर्ता भएको हो । आइतबार संसद विघटनविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए । रिट निवेदन पर्नेक्रम जारी रहेको जनाइएको छ ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसका विरुद्धमा अदालतमा यति ठूलो संख्यामा रिट परेको हो ।

    संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै संविधानविद्हरुले ‘असंवैधानिक’ कदम भएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार