Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आज बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगन


    बिहिबार, मंसिर २७ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आज (बिहीबार) बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन गरिएको छ।

    यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो।

    तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

    ‘अध्यक्ष चितवन र धादिङ जिल्लाका विभिन्न कार्यक्रममा भएकाले आज ३ बजेका लागि बोलाइएको बैठक बस्न सकेन,’ ‘अब बैठक भोलि (मंसिर २८) गते बस्नेछ।’

    माओवादीले स्थायी समिति बैठकबाट पूर्वराष्ट्रपति नन्दकिशोर पुन पासाङ र पूर्व प्रदेश प्रमुख अमिक शेरचनलाई फेरि राजनीतिमै सक्रिय बनाएर पदाधिकारी बनाउने निर्णय गर्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार