Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सानेपामा बसेकाे सर्वदलीय बैठक सकियाे, कडा प्रतिवाद गर्ने सहमति


    मंगलबार, पुष ७ २०७७
    3.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसकाे मुख्यालय सानेपामा बसेकाे सर्वदलीय बैठक सकिएको छ ।

    संसद् विघटनकोबिरुद्वमा रणनीति बनाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर प्रतिवादको कार्यक्रममा पुग्ने सहमति गरेको छ ।

    बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल सहभागी रहेका थिए ।

    यस्तै नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी भएका थिए ।

    बैठकमा सहभागी भएका नेकपाका बरिष्ठ नेता माधव नेपाल भने बैठक नसकिँदै एक्कासी बाहिरिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार