Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीआरआई सम्झौता कार्यान्वयन गर्न विज्ञहरूको सुझाव


    बुधबार, मंसिर २६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – आर्थिक एवम् विदेश मामिला विज्ञहरूले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् ।

    काठमाडौंमा बुधबार भएको अन्तरक्रियामा बोल्दै काँग्रेस नेता डा। गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पुर्याउन आग्रह गरेका हुन ।

    कुनै पनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाकोरुपमा बुझ्न नहुने भन्दै उनीहरूले सुरुङ मार्ग, सडक तथा जलविद्युतका क्षेत्रमा सम्झौता उपयोगी हुने विश्वास व्यक्त गरे ।

    सरकारले हिजो मात्रै परराष्ट्र मन्त्रालयमार्फत सम्झौताको पूर्ण विवरण सार्वजनिक गरेको थियो । बीआरआई ऋण कि अनुदान भन्ने बहस भइरहेका बेला सम्झौताको पूर्ण पाठपछि थप व्याख्या हुन थालेका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार