Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पशुपति मन्दिर खुलेसँगै बढ्न थाल्यो चहलपहल


    मंगलबार, पुष ७ २०७७
    565
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । चैत्र महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेको छ । पशुपति क्षेत्रमा भक्तजनहरुको लागि मन्दिर प्रवेश खुलेसँगै चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् । 

    भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२ हजार ८०६ जसँर्गम्मा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

     पशुपतिनाथ मन्दिरमा दैनिक करिब तीन हजार भक्तजनले दर्शन गर्न थालेका छन् । सोमबार र शनिबार बढी भक्तजनको भीड लाग्ने गरेको छ । हाल बिहान ६ बजेदेखि एक बजेसम्म मात्र भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको पनि उहाँले बताउनुभयो । मन्दिर खुलेसँगै पशुपति क्षेत्रका फूल प्रसाद व्यवसायी पनि सक्रिय हुन थालेका छन् । नौ महिनासम्म फूल प्रसाद व्यवसायी पसल बन्द गरेर बसेका थिए । चिसोसँगै पशुपति क्षेत्रमा टहल्ने र घाम ताप्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

     पुसमा विशेषगरी पशुपति क्षेत्रको सूर्यघाटमा पूजा एवं दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ । हाल सूर्यघाटमा जान सहज बाटो नभएकाले असहज भएको भक्तजनको गुनासो छ । सूर्यघाट जान सहज मार्ग निर्माण गरिनुपर्ने दर्शनार्थी राजकुमार सिग्देलले माग गर्नुभयो । पुस महिनाको पनि आइतबार सूर्यघाटमा भक्तजनको भीड लाग्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार