Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंका यी क्षेत्रमा पुस ५ गतेसम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने


    बुधबार, मंसिर २६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा आजदेखि पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले आज (बुधबार एक सूचना जारी गर्दै फरक फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने भएकाले ती फिडरअन्तर्गतका क्षेत्रमा विद्युत अवरूद्ध हुने जनाएको छ ।

    प्राधिकरणका अनुसार आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ। त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ भने भोलि (बिहीबार) मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुने भएको छ ।

    यस्तै, शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । पुस १ गते कीर्तिपुरकै रोपवे फिडरअन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्र, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार