Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु


    बुधबार, मंसिर २६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनगढी – कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हुलाकी सडकखण्ड अन्तरगत टीकापुर नगरपालिका–८ फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको छ ।

    गम्भीर अवस्थाका चौधरीलाई टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । चालक टीकापुर–१ का २१ वर्षीय रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

    यस्तै, भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ मा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका–११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ ।

    सुपप्र ०१–००१क २०६० नंम्बरको ट्रकमा महराले चलाएको म.२ प ९११७ नंम्बरको मोटरसाइकल ठोक्किएको थियो । महराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

    धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किंदा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार उनले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नंम्बरको मोटरसाइकल पछाडिबाट डल्लबसँग ठोकिएको थियो । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएक हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार