काठमाडौं । बालेन्द्र साह (बालेन) मेयरमा निर्वाचित भएर आएपछि देशको राजधानी काठमाडौं महानगरपालिका राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चामा छ । मेयर साहमा महानगरको विकास गर्ने जोश र जाँगर देखिन्छ । तर उनको वरिपरिको टीम बालेन साहका नाममा कसरी फाइदा लिन सकिन्छ भन्ने ध्याउन्नमा मात्र केन्द्रित रहेको छ ।
बालेनले राखेका विज्ञ र सल्लाहकारहरुले कसरी उनको आडमा महानगरमा पाइला–पाइलामा भ्रष्टाचार गरेका छन् भन्ने फेहरिस्तसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगमा २०८१ मङ्सिर २१ गते दर्ता भएको हो । जसको दर्ता नम्बर सी–०३३२७५ रहेको छ ।
उक्त उजुरीमा ठूला ब्यापारीक कम्प्लेक्स वा होटलको भवन निर्माण इजाजत तथा निर्माण सम्पन्न दिने क्रममा बालेनले राखेका विज्ञ र सल्लाहकारहरुले मोटो रकम बार्गेनिङ गर्ने गरेका छन् ।
मेयरले राखेका विज्ञले हिल्टन होटलसँग घुस लिए
भवन निर्माण इजाजत तथा निमार्ण सम्पन्नताको प्रमाण पत्र दिन घुस माग्नेहरुमाथि कारबाहीको माग गर्दै दर्ता भएको उजुरीमा उल्लेख छ : काठमाडौं महानगरपालिकामा शहरी योजना आयोगमा विज्ञको रुपमा नियुक्ति लिएका सन्तोष पाण्डे र हरिशचन्द्र लामिछानेले काठमाडौको नक्सालमा रहेको होटल हिल्टनको निमार्ण सम्मपन्नको पमाण पत्र दिन लाखौं घुस लिएको उल्लेख छ । पाण्डेले रु ५ लाख र लामिछानेले १८ लाख घुस लिएका छन् ।
काठमाडौं महानगरपालिकामा शहरी योजना आयोगमा विज्ञको रुपमा नियुक्ति लिएका पाण्डेले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई भवनको नक्सा पास तथा दस्तखत गर्ने शाखाको ईबीपीएस सिष्टम आफ्नो नियन्त्रणमा राखेर भवनको नक्सामा पास तथा दस्तखत गर्नुअघि सबै कामको मोलमोलाई गरी कमिसन लिने गरेका छन् ।
त्यसैगरी पाण्डेले भवनको नक्सामा दस्तखत नगर्ने तर नक्सा बनाउन आफूनिकट कन्सलटेन्सीबाट नक्सा बनाउन दबाब दिने गरेका छन् । उनले भनेको कन्सलटेन्सीमा नक्सा नबाए नक्सापास तथा दस्तखत नगर्न सो शाखाका इन्जिनियरलाई दवाब दिने गरेका छन् । दबाब दिंदा पनि गलत काम गर्न नमानेपछि सो शाखाका सुधा रिजाल र निलम भट्टराईलाई सरुवा गरिएको छ । १० हजार वर्गफिटभन्दा माथिको नक्सा पासको निम्ति जुरी डेक्समा पठाउनुपर्नेमा घुस नदिएमा फाइल सम्बन्धित डेक्समा नपठाएर सेवाग्राहीलाई दुःख दिने गरिएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरीका एसएसपी राजुनाथ पाण्डेले नगर प्रहरीका इन्सपेक्टर प्रकाश पण्डित र ईश्वरप्रसाद वाग्ले मार्फत् भवनको डीपीसी, नक्सापास, अवैध निर्माण कार्यमा अप्रत्यक्ष ढङ्गाले दबाव दिई रकम उठाउने गरेका छन् ।
त्यसैगरी विभिन्न ठाउँमा मापदण्डविपरीत बनिरहेका संरचनाहरुमा रकम माग्ने, नदिए मापदण्ड विपरीतको निर्माण भनेर भत्काइदिने, रकम दिएमा नदेखेको जस्तो गर्ने गरेका छन् । हाइटेन्सन लाइनमुनी कुनै पनि घर टहरा निर्माण गर्न नमिल्ने कानुनी व्यवस्थाविपरीत आर्थिक मोलमोलाइका आधारमा छुट दिने गरेका छन् ।

कमिसन दिए फुटपाथमा निर्माण सामग्री राख्न दिने, नदिए जरिवाना लगाउने
फुटपाथ निमार्ण गरिरहेका ठाउँमा बनाउने ठेक्दार र निर्माण सामाग्री उपलब्ध गराउने व्यापारीले पैसा दिएमा निर्माण भइरहेको ठाँउमा बार लगाएर सामग्री राख्न दिने गरिएको छ । घुस नदिएमा फुटपाथमा निर्माण सामग्री राखेको भन्दै जरिवाना तिराउने वा सामग्री उठाएर लैजाने गरिएको छ ।
नक्सापास बिना नै २७५ स्टलसहितको टहरा निर्माण, एसएसपी पाण्डेदेखि मेयरका पीएसम्म कमिसन
बानेश्वर क्षेत्रमा फुटपाथ बजारको नाममा चोक भन्दा थोरै भित्र जग्गा धनी मुकेश पाण्डेलाई मापदण्डबिपरीत २ सय ७५ स्टलसहितको टहरा बनाउन दिइएको छ । वडा नम्बर १० का सचिब सुबोध खड्का र एसएसपी राजुनाथ पाण्डेको मिलेमतोमा चार तलाको आईबिमको टहरा नाक्सापाससमेत नभएकोमा फुटपाथ बजारको नाममा २७५ स्टल खडा गरी व्यापार सञ्चालन गर्न पाण्डेलाई दिइएको छ । उक्त फुटपाथ बजारका स्टल नियम अनुसार व्यवसाय दर्ता नगरी संचालनमा छन् ।
महानगरभित्र ब्यवसाय दर्ता नगरी ब्यापार गर्न कानुनतः पाइँदैन । फुटपाथ बजार सञ्चलक मुकेश पाण्डेले समेत दर्ता नगरी तिर्नु बुझाउनु जर्ने व्यवसाय कर वा आयकार नतिरी मासिक १ करोड २० लाख भाडाबाट आम्दनी गर्दैआएका छन् । वडा नम्बर १० का सचिव खड्का र एसएसपी राजुनाथ पाण्डेलाई घुस बुझाएर आयकर नतिरी बजार संचालन गरिरहेका छन् । मुकेश पाण्डेलाई अवैध रुपमा फुटपाथ बजार संचालन गर्न दिएबापतको कमिसन मेयर बालेन साहका स्वकीय सचिव भूपदेव साहसम्म पुग्ने गरेको छ ।
वडा–वडाको हरियाली प्रबद्र्धनमा कमिसनको खेल, विनाप्रतिस्पर्धा ठेक्का
कामनपाको जहाँ खाली त्यहाँ हरियाली भन्ने कार्यक्रममा अन्तर्गत प्रत्येक वडामा हरियाली प्रर्वधन गर्ने भन्दै विनाप्रतिस्पर्धा १०–१० लाखको काम दिइएको छ । मेयरका सल्लाहकार अर्जुन घिमिरेको मिलेमतोमो कामको ठेक्का तथा सेटिङको चाँजोपाजो मिलाउने गरिएको छ । यसबाट आउने कमिसनको भागबण्डा मेयर बालेन साहका स्वकीय सचिव भूपदेवलाई पनि पुग्ने गरेको छ ।
योग्यता नपुगेको कम्पनीलाई फुटबल मैदानको ठेक्का
सानो गौचरणको फुटबल मैदान बनाउने काम ५ प्रतिशत कमिसन लिई योग्यता नै नभएको ठेकेदारलाई दिएर कानुन विभाग प्रमुख बसन्त अधिकारी र खरिद ईकाइका प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेका छन् । यसको कमिसन पनि भूपदेव साहको भागमा पुग्ने गरेको छ ।
ठेक्कामा लम्सालको सेटिङ
वातावरण विज्ञमा नियुक्ति गरिएका सुनिल लम्सालको निर्देशनमा रामरतन साहले बाँडफाँड गर्नेगरी साइनिङ एमाउन्ट स्वीकृत बोलपत्रको १० प्रतिशत संकलन गर्नेगरी मिलाएका छन् । सुनिल लम्साल स्वयं बोलपत्र कागजात तयारी समितिका सदस्यका रुपमा बसी आफू अनुकूलको सेटिङ बोलपत्र तयार गर्ने गरेका छन् । साथै बोलपत्र मूल्यांकन समितिले उनले गरेको निर्देशन बमोजिम काम नगरे सरुवा गर्ने तथा कारबाहीको धम्की दिने गरेका छन् ।
मेयर बालेनका अर्का सल्लाहकार सुनिल लम्सालसमेतको मिलेमतोमा महानगरमा आर्थिक अपचलन हुँदैआएको छ । मेयरको क्वाटर र मेयर सचिवलाय मर्मत गर्दा सार्वजनिक खरिद ऐन छल्न १ करोडको काम १० वटा टुका गरी विना टेन्डर कोटेसनमा काम दिएर खरिद प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेका छन् । खरिद ऐन छल्न टुक्रा बनाएर दिइएको यो ठेक्कामा बालेनका स्वकीय सचिव भूपदेव र सल्लाहकार सुनिल लम्सालको मिलेमतो रहेको छ ।
काठमाडौं महानगरपालिकाले विद्यालयलाई दिने विद्यालयलाई खाजा कार्यक्रममा खरिद इकाई प्रमुख शाह र सल्लाहकार कुमार बेन मिलेर कमिसन खाएका छन् ।
शिक्षा बिभागको डिस्प्ले बोर्डमा भ्रष्टाचार, भ्रष्टाचार मुद्दा परेको कम्पनीलाई ठेक्का
त्यसैगरी शिक्षा विभागले शिक्षा सम्बन्धी डिस्प्ले बोर्ड राख्न विभागका प्रमुख र लेखा अधिकृत श्याम न्यौपानेको समेत मिलेमतोमा विवादित म्याक्स कम्पनीलाई बिना प्रतिस्पर्धा दिइएको छ । भ्रष्टाचार मुद्दा खेपिरहेको म्याक्स कम्पनीलाई दिन नमिल्ने भनेर अघिल्लो मूल्याङकन समितिले भने पनि अहिले सो विभागका प्रमुख र लेखा अधिकृत श्याम न्यौपानेले कमिसन खाई सोही म्याक्स कम्पनीलाइ दिएका छन् ।
त्यसैगरी, राजस्व विभागका प्रमुख दीपक अधिकारी, एससपी राजु पाण्डेको मिलेमतोमा सडकमा राखिने डिजिटल विज्ञापन बोर्डहरुको राजस्व छलछाम गरी कमिसन खाई महानगरको राजस्वमा हानी गर्ने कार्यमा समेत अख्तियारले मिहीन ढंगले छानबिन गर्नुपर्ने देखिन्छ ।
ज्योति भवनको घर खाली गराउँदा दुबै पक्षसँग घुस
ज्योति भवनको घर खाली गराउने सम्बन्धमा कानुन तथा मानवअधिकार विभाग प्रमुख बसन्त अधिकारी र महानगरका एससपी राजुनाथ पाण्डेले सो मुद्दाका पक्ष विपक्षसँग सेटिङमा दोहोरो भूमिका खेली ४० लाख घुस खाएको आरोप पनि उजुरीमा लगाइएको छ ।
अरुको बेसमेन्ट भत्काउने, निष्ट कलेजलाई ल्याब राख्न दिने
काठमाडौंको लैनचौरमा रहेको नेशनल स्कुल अफ साइन्स (निष्ट) ले महानगरमा नक्सापास गर्दा बेसमेन्ट पार्किड भनी पास गरेको ठाँउमा अहिले ल्याब चलाइरहेको छ । मेयर साहले बेसमेन्टमा पार्किङ नै राख्नुपर्ने भनी अन्य भवन वा ब्यापारीक कम्लेक्समा संचालित औषधि पसलदेखि विभिन्न संंरचना भत्काउँदैआएका छन् । साह मेयर बनेर आएपछि महानगरमा नक्सापास गर्दा जे प्रयोजनका निम्ति गरेको छ सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने नियम कडाइका साथ लागु गर्दै आएको छ । तर निष्टले अहिले भवनसंगैको सार्वजनिक जग्गा मिचेर पार्किड बनाएको छ । तर काठमाडौं महानगरपालिकाका नगर प्रहरीका एससपी राजुनाथ पाण्डेले नगर प्रहरीका इन्स्पेक्टर प्रकाश पण्डितमार्फत् घुस लिई निष्टलाई छुट दिएका छन् ।
निष्टले सरकारी विद्यालय शान्ति विद्यागृहको माथिल्लो तलासमेत कौडीको भाउमा भाडामा लिएर प्रयोग गरिरहेको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरीका एसएसपी पाण्डेले नगर प्रहरीका इन्स्पेक्टर पण्डितमार्फत् नै दररेट तय गरी घुस असुली गर्दै मनपरी गर्न छुट दिएका छन् ।
त्यसैगरी महानगरको सूचना प्रविधिको प्याकेज खरिद गर्दा खरिद एकाई प्रमुख रामरतन शाह,मेयरका आईटी विज्ञ सल्लाहकार सुदिप ढकाल र सन्तोष पाण्डे तथा सुनिल लम्सालको मिलेमतोमा विनाप्रतिस्पर्धा टिप्पणी आदेशको भरमा करोडौंंको सामग्री खरिद गरिएको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend