Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको जग्गा दानविरुद्धको रिटको सुनुवाइ स्थगित


    मंगलबार, मंसिर २५ २०८१
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा (एमाले) ले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङबाट जग्गा दान लिएकोविरूद्ध परेको रिट सुनुवाई स्थगित भएको छ। आज (मंगलबार) न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा परेको उक्त रिट सुनुवाई स्थगित भएको हो।

    विपक्षीका कानुन व्यवसायीको तर्फबाट उक्त रिटको सुनुवाइ स्थगित भएको हो । यसअघि आइतबार उक्त रिट न्यायाधीशहरू मनोजकुमार शर्मा र नित्यानन्‍द पाण्डेयको इजलासमा परेको थियो। तर उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो। त्यसअघि मंसिर १८ गते पनि सोही न्यायाधीशहरूको इजलासमा परे पनि हेर्न भ्याएको थिएन।

    कात्तिक ७ गते दर्ता भएको यो मुद्दा ७ पटक हेर्न नभ्याइने र दुई पटक हेर्न नमिल्नेमा परेको छ। यसअघि कात्तिक १२ गते सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

    अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको थियो। भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए।

    सुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। प्रशासनको निर्णयविरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार