Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने


    सोमबार, मंसिर २४ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

    केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लगेर प्रसाईंमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको छ । सोमबार नै सरकारी वकिल कार्यालय लगेर बयान लिन सुरु गरेपछि सरकारी वकिल कार्यालयको रायअनुसार उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

    सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंमाथि आपराधिक लाभका साथै संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो ।

    साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगेर अनुसन्धान सुरु गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार