Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धरानका मेयरको अभिब्यक्तिको बिरोधमा पत्रकारको मौन जुलस


    सोमबार, मंसिर २४ २०८१
    785
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • इटहरी – धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाई कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् । समाचारको बिषयलाइ लिएर पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिएपछि आज धरानमा मौन जुलुस निकालिएको हो ।

    मेयरका कारण पत्रकारहरू सुनसरीमा असुरक्षित रहेको भन्दै मौन उनीहरूले जुलस निकालेको जनाइएको छ । मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र गोपाल दाहाललाई सार्बजनिक रूपमा धम्की मात्रै होइन, गृह मन्त्री रमेश लेखकलाइ पत्र लेखेर कारबाही गर्न पनि माग गरे पछि सुनसरीका पत्रकार आक्रोशित भएका हुन् ।

    पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।

    समाचार लेखेकै कारण पटकपटक शृङ्खलावद्ध धम्की दिँदा समेत साम्पाङलाई कुनै कारवाही नभएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रनु परेको पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार