Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेमाथि भइरहेको दुर्व्यवहार रोक्न नारायणकाजी श्रेष्ठको अपिल


    सोमबार, मंसिर २४ २०८१
    780
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको दुर्व्यवहार रोक्न अपिल गरेका छन् । चीन भ्रमणमा रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत रवि लामिछानेमाथि भइरहेको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न माग गरेका हुन् ।

    उनले लेखेका छन् , ‘हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछाने लाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’

    साथै उनले भष्टाचारको अनुसन्धान हुनु पर्ने भन्दै लामिछाने बाहेक कांग्रेस र एमालेका नेताहरुमाथि अनुसन्धान नगरी उनीहरुलाई बचाउन सरकारले भेदभाव गरेको आरोप लगाए ।

    उनले थप लेखेका छन्, ‘स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भएपनि कारवाही गरिनु पर्दछ। रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं।तर सरकारले लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै आएको छ ।’
    आयोगले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार