Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौंमा


    आइतबार, मंसिर २३ २०८१
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज(आइतबार) नेपाल आएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन् ।

    काठमाडौँमा रहँदा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका(नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।

    लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायक मन्त्री मध्येका हुन् । उनले यसअघि पनि तीन पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार