Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको जग्गा विवाद मुद्दा न्यायाधीश शर्मा र पाण्डेयको इजलासमा


    आइतबार, मंसिर २३ २०८१
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दामा आज सुनुवाइ हुँदैछ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दान दिएको जग्गा विवादको मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा पेसी परेको छ ।

    उक्त मुद्धामा यसअघि पटक-पटक पेसी तोकिएपनि सुनुवाइ सर्दै आएको छ । २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक-पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।

    अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

    दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार